सिम्ली, रुकुम पश्चिम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुम पश्चिममा राजनीतिक दलहरूले आफ्नो सक्रियता बढाएका छन्। यसै क्रममा सानीभेरी गाउँपालिकामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो निर्वाचन परिचालन समिति निर्माण गरेको छ।
बिज्ञापन
मङ्गलवार सानीभेरीको सिम्लीमा सम्पन्न पार्टीको बैठकले तिलकबहादुर ओलीको संयोजकत्वमा १ सय ५१ सदस्यीय ‘निर्वाचन परिचालन समिति’ गठन गर्ने निर्णय गरेको हो। उक्त समितिमा पालिका तथा वडा स्तरका नेता र कार्यकर्ताहरूलाई समावेश गरिएको प्रलोपाका जिल्ला संयोजक शैलेशकुमार शर्माले जानकारी दिनुभयो।
बिज्ञापन
एमाले र प्रलोपाबिच चुनावी तालमेल केन्द्रीय सहमति अनुसार रुकुम पश्चिममा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच चुनावी तालमेल भएको छ। जसअनुसार एमालेका उम्मेदवार नन्दराम देवकोटाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउने निर्णय गर्नुभएको छ। जिल्लामा एमाले नेता देवकोटाकै संयोजकत्वमा जिल्ला स्तरीय निर्वाचन परिचालन समिति बनिसकेको छ।
जिल्ला संयोजक शर्माका अनुसार अहिले प्रलोपाले आफ्नो आन्तरिक समिति बनाएको र भोलिसम्ममा नेकपा एमाले र प्रलोपाको ‘संयुक्त निर्वाचन परिचालन समिति’ समेत निर्माण गरिनेछ। हाल एमाले उम्मेदवार देवकोटा स्वयं जनार्दन शर्माको चुनावी प्रचारप्रसारमा खटिनुभएको छ।
बिज्ञापन
सङ्गठन विस्तारमा पनि तीव्रता निर्वाचन परिचालन समितिसँगै सानीभेरीमा पृथीबहादुर नकालको संयोजकत्वमा ४१ सदस्यीय ‘प्रलोपा पालिका समिति’ पनि गठन गरिएको छ। भर्खरै स्थापना भएको यो पार्टीले आगामी निर्वाचनलाई मुख्य लक्ष्य बनाएर जिल्लाभर सङ्गठन विस्तार र चुनावी प्रचारलाई एकसाथ अगाडि बढाइरहेको छ। अहिले जिल्लाका विभिन्न पालिकामा निर्वाचन परिचालन समिति बनाउने कार्यलाई तीव्रता दिइएको पार्टीले जनाएको छ।
















