चित्रेभञ्ज्याङ, स्याङ्जा
बिज्ञापन
स्याङ्जाको हरिनास गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम अनुसार पालिका भित्रका एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सुरु गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले ‘एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि २०८१’ बमोजिम योग्य देखिएका २० जना लाभग्राहीहरूको नामावली छनोट गरी सार्वजनिक गरेको हो।
बिज्ञापन
एकल जीवन व्यतित गरिरहेका नागरिकहरूलाई स्थानीय सरकारको तर्फबाट थोरै भए पनि राहत र सम्मान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। राज्यको अन्य कुनै पनि निकायबाट सामाजिक सुरक्षा भत्ता वा यस्तै प्रकृतिका सुविधा प्राप्त नगरेका व्यक्तिहरूलाई यस कार्यक्रममा समेटिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको आधिकारिक सूची अनुसार वडा नं. १ बाट गुप्त बहादुर राना, प्रेम बहादुर आले र नर बहादुर गुरुङ लाभग्राहीको रूपमा छनोट भएका छन्। वडा नं. २ बाट पितम्बर थापा तथा वडा नं. ३ बाट खिम बहादुर जि.टी, सिमन बहादुर थापा, चित्र बहादुर खनाल क्षेत्री, पदम बहादुर गुरुङ, टक बहादुर गुरुङ र हर्क बहादुर गुरुङ सूचीकृत भएका छन्।
बिज्ञापन
यसैगरी, वडा नं. ४ का कुस बहादुर राना, लोक बहादुर थापा, गंगा बहादुर राना र राम बहादुर श्रेष्ठलाई पनि यस सुविधाका लागि छनोट गरिएको छ। वडा नं. ५ बाट खिम बहादुर कुँवर, वडा नं. ६ बाट चित्र बहादुर थापा, जीर बहादुर थापा, गम बहादुर थापा र नेत्र बहादुर शाही तथा वडा नं. ७ बाट विर्तराज रानाको नाम समावेश छ।
प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माका अनुसार छनोट भएका सबै लाभग्राहीहरूलाई बैंक खाता मार्फत भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। पालिकाले स्थानीय कुमारी बैंकसँगको समन्वयमा यो भुक्तानी प्रक्रिया अघि बढाएको हो। स्थानीय सरकारले एकल पुरुषहरूको समस्यालाई बुझेर यो कार्यक्रम ल्याएकोमा स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्।
















