EN

रुकुम पश्चिम, माघ १९ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपाल शर्मा ‘अनल’ले आफूले निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने घोषणा गर्नुभएको छ । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि घरदैलो अभियानमा रहनुभएका शर्माले मतदाताहरूसँगको भेटघाटका क्रममा यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

बिज्ञापन

बाँफिकोट गाउँपालिकाका विभिन्न टोलहरूमा चुनावी अभियानलाई तीव्रता दिने क्रममा उम्मेदवार शर्माले तामझाम, तडकभडक र खादा-माला लगाएर ‘स्टण्डबाजी’ गर्दैमा चुनाव नजितिने स्पष्ट पार्नुभयो । उहाँले फजुल खर्च र देखावटी प्रचारभन्दा जनताको काम र सेवा ठूलो भएको बताउँदै विजयी भएर मात्रै सम्मान ग्रहण गर्ने बताउनुभएको छ ।

बिज्ञापन

भ्रममा नपर्न मतदातालाई आग्रह चुनावी सभाहरूलाई सम्बोधन गर्दै शर्माले अन्य राजनीतिक दलहरूले फैलाउन सक्ने विभिन्न प्रलोभन र भ्रमको पछि नलाग्न नेता, कार्यकर्ता तथा आम मतदाताहरूलाई आग्रह गर्नुभयो । “जनता सचेत भइसकेका छन्, कसैको आश्वासन र भ्रमले अब काम गर्दैन,” उहाँले भन्नुभयो ।

जित्नेमा ढुक्क जिल्लाभर आफ्नो पार्टीको सङ्गठन अत्यन्तै बलियो रहेको दाबी गर्दै उहाँले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव जित्ने कुरामा दुईमत छैन, अरु कसैले जित्ने कल्पना समेत नगरे हुन्छ ।” आफू फागुन २१ को निर्वाचनमा भारी मतान्तरले विजयी हुने र त्यसपछि मात्रै खुसीयालीमा खादा-माला पहिरिने उहाँको दृढता छ ।

बिज्ञापन

नेकपाले हाल मुसिकोट नगरपालिकामा चुनावी भेटघाट सम्पन्न गरी बाँफिकोट गाउँपालिकामा अभियान केन्द्रित गरेको छ । आजै मात्र बाँफिकोट वडा नम्बर ३ का नेपाने, स्यानिदह, पैयाबारा, भाग्ले र वडा नम्बर ५ को स्यार्पुमा उम्मेदवारसहितको टोलीले भव्य जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profiell