EN

रवि नेतृत्वको घण्टी पार्टीबाट झापा ५ मा उठेका बालेन्द्र साह पश्चिमतिर हान्निएका छन् । उनी आज बिहान नेपालगञ्ज हुँदै धनगढीतिर लागेका छन्  ।

बिज्ञापन

साह निकटस्थहरुका अनुसार उनी बाँके र बर्दियाका विभिन्न स्थानमा भेटघाट तथा कार्यक्रमपछि धनगढीमा बास बस्नेछन् । नेपालगञ्ज विमानस्थलबाट  सोझै कोहलपुर गोलपार्कमा,त्यसपछि बर्दियाको बाँसगढी,दिउँसो मैनापोखर र त्यहाँबाट गुलरिया,कुसुम्बाघाट,मधुवन (सानोश्री) हुँदै राजापुर जाने कार्यक्रम बनेको छ ।

बिज्ञापन

झापामा उम्मेदवारी दर्ता गरेर ताप्लेजुङको पाथिभरा हुँदै तेह्रथुम, धनकुटा,सुनसरी भएर अस्ति राजधानी फर्केका थिए ।

हिजो सम्पर्क कार्यालयबाट बाहिरिँदा केही युट्युबरले गाडीबारे सोधेको प्रश्नमा उनी ठाडो भाषामा ‘यही हो गाडी’ भनेर रिसाउँदै निस्किएका थिए

बिज्ञापन

हिजो दिनभर ललितपुरको कोपुण्डोलस्थित सम्पर्क कार्यालय बनाइएको कुमार बेनको घरमा विशेषगरी आफू निकट घण्टीका उम्मेदवारहरुसँग भेट गरेर उनी पश्चिम गएका हुन् । महानगरका प्रमुखबाट राजीनामा दिएपछि उनलाई रास्वपाको केन्द्रीय कार्यालय,वनस्थलीमा बनाइएको वरिष्ठ नेताको कार्यकक्षमा एकछिन राखिएको थियो ।

तर, चुनावी माहौलमा पनि उनी पार्टी कार्यालयमा नगई आफ्नो यसअघिको सम्पर्क कार्यालयमा बसेर नेता तथा कार्यकर्तासङ्ग भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ । चुनावी प्रचार क्रममा बालेनले विवादास्पद व्यवसायीको महँगो गाडी प्रयोग गरेको विषय आलोचित बनेको छ । हिजो सम्पर्क कार्यालयबाट बाहिरिँदा केही युट्युबरले गाडीबारे सोधेको प्रश्नमा उनी ठाडो भाषामा ‘यही हो गाडी’ भनेर रिसाउँदै निस्किएका थिए । उनकै पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा बालेनले व्यापारीको गाडी प्रयोग गरेको विषयलाई अनुचित भनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profiell