रुकुम पश्चिम, २१ माघ ।
बिज्ञापन
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा रहेको बुद्धभूमि मानव सेवा आश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ । कमलताल यातायात प्रालिका अध्यक्ष ललित बुढाले आफ्नो जन्मदिनको अवसर पारेर आश्रमलाई उक्त सहयोग गर्नुभएको हो ।
बिज्ञापन
मुसिकोट नगरपालिका–५ बागबजारमा प्रधान कार्यालय रहेको कमलताल यातायातका अध्यक्ष बुढाले आश्रममा पुगेर नगद ५ हजार रुपैयाँसहित २ बोरा चामल, १० किलो दाल र ३ लिटर तेल हस्तान्तरण गर्नुभयो ।
आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीका अनुसार प्राप्त भएको नगद सहयोग आश्रमको निर्माणाधीन भवनका लागि खर्च गरिनेछ । हाल भाडाको घरबाट सञ्चालन भइरहेको यस आश्रमले आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको र अहिले भवन निर्माणका लागि देश–विदेशबाट आर्थिक संकलन अभियान चलाइरहेको अध्यक्ष जैसीले जानकारी दिनुभयो ।
बिज्ञापन
विगत केही समयदेखि सञ्चालनमा आएको यस आश्रममा हाल १३ जना बेसहारा तथा साहाराविहीन व्यक्तिहरूले आश्रय लिइरहेका छन् । आश्रमले उनीहरूको गाँस, बास र स्वास्थ्य उपचारको पूर्ण व्यवस्थापन गर्दै आएको छ ।
भवन निर्माण सम्पन्न भएमा थप बेसहारा नागरिकहरूलाई सेवा दिन सहज हुने भएकाले यस्ता सामाजिक सहयोगले ठूलो राहत पुग्ने आश्रम परिवारले जनाएको छ ।
















